Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • जिप दुर्घटना हुँदा ओखलढुंगामा दुईजना प्रहरीको मृत्यु , इन्सपेक्टरसहित सात जना घाइते

    जिप दुर्घटना हुँदा ओखलढुंगामा दुईजना प्रहरीको मृत्यु , इन्सपेक्टरसहित सात जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, ३० चैत्र २०७८
  • 1.1K
    SHARES

    फाइल : तस्बिर

    ओखलढुंगा ।  जिप दुर्घटना हुँदा ओखलढुंगामा दुईजना प्रहरीको मृत्यु भएको छ भने आधा दर्जन बढी घाइते भएका छन्।

    प्रहरीका अनुसार सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप  ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-६ भडारे खोला नजिक दुर्घटना भएको ।



    दुर्घटनामा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।उनीहरुको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थकेयर र आस्था लाइफ हेल्थकेयरमा उपचार भइरहेको छ।



    घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, हवल्दार भूपेन्द्र खनाल र प्रहरी जवान रुपक विष्ट छन्। थप उपचारका लागि उनीहरुलाई काठमाडौं रेफर गरिएको पठाइएको प्रहरीको भनाइ छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार