Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकाे छ ।

मृतककाे नाम खुलेकाे छैन । मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हाे ।

दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा पर्ने सबै सोलुखुम्बुबाट प्रदेश १ स्थित विराटनगर हिँडेको प्रहरीहरु रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी सुकदेव खनालले घटनाको पूर्ण विवरण आउन समय लाग्ने घटनास्थलमै रहेका बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077