Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

४० करोड मिलेर खाने अर्थमन्त्री शर्माको योजना असफल भएपछि गभर्नरलाई निलम्बन गरियो : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ४० करोड काण्ड बाहिरिएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले कारबाही गरेको आरोप लगाएका छन् ।

उनले गभर्नर निलम्बन गर्नु सरकारको गैर जिम्मेवारीपन भएको समेत बताए ।

चालिस करोड काण्डमा मिलेर खाने अर्थमन्त्री जनार्दन शर्माको योजना सफल हुन नसकेपछि गभर्नरमाथि सरकारले कारवाही गरेको उनले बताए ।

अध्यक्ष ओलीले सरकार भ्रष्टाचार र कमिशनमा लिप्त भएको पनि पटकपटक दोहोर्‍याए ।

आलीले सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077