Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माओवादीको भाँडो रित्तिसक्यो, बिर्को मात्र छ : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको आलोचना गरेका छन् ।

मंगलबार ललितपुरको सानो गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले माधवकुमार नेपाल गुट र माओवादी कांग्रेसको जिउमा बसेको झिँगा धपाउने राम्रो झुक्का भएका चौरीको पुच्छर जस्तो मात्र भएको उनले टिप्पणी गरे ।

उनले माओवादी केन्द्रको भाँडो रित्तिसकेको समेत बताएका छन् ।‘माओवादी कुनै पार्टी रहेन, केन्द्र रह्यो । केन्द्र छ, अरु केही छैन,’ उनले भने, ‘माओवादीको भाँडो रित्तिसक्यो, बिर्को मात्र छ । त्यही बिर्कोलाई उनीहरुले केन्द्र छन् । दुई चार जना नेता छन्, अधिकाशंले छोडिसके ।’उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077