Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसीले अधिकरण गरेको जमिन जनताको संघर्षको बलमा राक्ने विप्लवको निर्णय

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकी सहयता परियोजना एमसीसीले अधिकरण गरेको जमिन जनताको संघर्षको बलमा राक्ने निर्णय गरेको छ ।

नेकपाको केन्द्रीय समितिको हालै सम्पन्न १२ बैठकले जनताको संघर्षको बलमा एमसीसी राक्ने निर्णय गरेको हो ।

बैठकका निर्णय कार्यान्वय गर्न विप्लवले जारी गरेको आन्तरिक परिपत्रमा भनिएको छ, ‘एमीसीले अधिकरण गरेको जमिन जनताको संघर्षको बलमा रोक्ने । त्यसका निम्ति सम्बन्धित जिल्लाहरुले व्यापक तयारी गर्ने ।’

त्यस्तै ६ कम्युनिष्ट पार्टीसँग मिलेर एमसीसी, राष्ट्रघात, जनघात र महंगीविरुद्ध संघर्षका कार्यक्रम पनि सञ्चालन गर्ने परिपत्रमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077