Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विप्लव नेतृत्वले माग्यो सबै केन्द्रीय सदस्यको सम्पति विवरण

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सबै केन्द्रीय सदस्यको सम्पति विवरण मागेको छ।

गत चैतमा बसेको साताव्यापी केन्द्रीय समिति बैठकपछि विप्लवद्वारा जारी गरिएको सर्कुलरमा सबै केन्द्रीय सदस्यले पार्टीलाई सम्पति बुझाउन भनिएको हो ।

सर्कुलरमा पार्टीका ७९ जना केन्द्रीय सदस्यले आफ्नो नाममा भएको नगद र जिन्सी सबै जोडेर सम्पति विवरण बुझाउन निर्देशन दिइएको हो।

यस्तै विप्लव नेतृत्वको नेकपाका एक जना नेताले चन्दाको नाममा लाखौँ उठाएर हिनामिना गरेको आरोप लागेको छ । महासचिव विप्लवले नेता भीम चापागाईँले लाखौँ पैसा उठाएर खाएको आरोप लगाउँदै त्यसबारे छानविन गर्ने बताएका हुन् ।

उनले केन्द्रीय समितिको बैठकपछि जारी गरेको सर्कुलरमा ‘पार्टीको नाममा भिम चापागाईँले उठाएर खाएको लाखौँ पैसाबारे छानविन गर्ने’, उल्लेख गरिएको छ ।

उनले पार्टीको नाममा अन्नपूर्ण होटलबाट ल्याएर उनले पैसा खाएको सर्कुलरमा उल्लेख गरेका छन् । विप्लवले सो पैसा चैत्र मसान्तभित्र पार्टीमा बुझाउन पनि निर्देशन दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077