Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालका अर्थमन्त्री पनि भाग्नुपर्ने अवस्था आउन सक्छ : नेता पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्माले कानुन विपरीत काम गरेको आरोप लगाएका छन्।

आइतबार नेकपा एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा उनले अर्थमन्त्री शर्माले विदेशबाट आएको रकम खुलाउन राष्ट्र बैंकका गभर्नरलाई पत्र लेखेको भन्दै पाण्डेले उक्त काम गैर कानुनी भएको बताएका हुन् ।

उनले अर्थमन्त्री शर्मा भाग्ने स्थिति आउन सक्ने समेत बताएका छन् ।‘यदि एजेन्सी दह्रो हुने हो भने यही केसमा लगेर अर्थमन्त्रीलाई हाल्नुपर्ने हो भित्र, किन लेख्यौं पत्र भनेर यसो गर्न मिल्छ ?’ उनले भने, ‘हामीले बनाएको ऐन भन्दा बाहिर गएर कसैले चल्न मिल्छ र ?'अहिले श्रीलंकाका अर्थमन्त्री भाग्नुपर्ने अवस्था आएको भन्दै उनले नेपालको अर्थमन्त्रीको पनि त्यही अवस्था आउन सक्ने टिप्पणी गरे ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077