Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन आचारसंहिता पालनाको अनुगमन गर्न आयोगद्धारा समिति गठन

काठमाडौं । निर्वाचन आयोगले आचार संहिता पालनाको अनुगमन गर्न केन्द्रीयस्तरमा आयुक्तको संयोजकत्वमा समिति गठन गरेको छ ।

आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्वमा समिति बनेको हो । उक्त समितिमा सचिवहरू समेत छन् ।

जिल्ला स्तरमा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा अर्को समिति समेत बनाइएको छ । यसमा निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीलगायत सदस्य छन्।

निर्वाचन क्षेत्रगत पनि अधिकृतको संयोजकत्वमा समिति गठन गरेको छ। यस्तै, स्थानीय तहका अधिकृतकै संयोजकत्वमा पनि समिति बनाएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077