Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आज दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्दैछ ।

आयोगले मंगलबार बिहान साढे ११ बजे दलहरूका प्रतिनिधिसँग छलफल गर्न लागेको हो । आचारसंहिताको पूर्ण पालनाका लागि आयोगले दलहरूलाई आग्रह पनि गर्नेछ।

आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोजेको छ । आजको छलफल स्थानीय तह निर्वाचनमा केन्द्रित रहनेछ ।

स्थानीय चुनावमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077