काठमाडौं । नेपाल राष्ट्र बैंकले बैकका सीईओहरूलाई आयातका लागि एलसी खोल्न कडाइ गर्न निर्देशन दिएको छ ।
बढ्दो आयातका कारण अर्थतन्त्र संकटमा परेको भन्दै सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रतितपत्र एलसी खोल्न कडाइ गर्न निर्देशन दिएको हो ।
बैंकमा भएको छलफलमा अत्यावश्यक बाहेकका वस्तुको आयात रोक्ने रणनीति राष्ट्र बैंकले अघि सारेको हो । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले अत्यावश्यक बाहेकका वस्तु आयात रोक्ने विषयमा छलफल भएको जानकारी दिए ।
विशेष गरेर गाडी लगायत विलासिताका वस्तु आयातका लागि एलसी खोल्नु अगाडि अर्थतन्त्रको अवस्थाबारे एकपटक सोच्न राष्ट्र बैंकले आग्रह गरेको छ ।