Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसी फेल भएको भए हामी श्रीलंकाभन्दा चरम संकटमा जान्थ्यौं : नेता पाण्डे

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमसीसी अनुदान नेपालले स्वीकार नगरेको भए नेपाल आर्थिक रुपमा टाट पल्टिने अवस्थामा पुग्ने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान) ले आयोजना गरेको हिमालय हाइड्रो एक्स्पो २०२२ मा पाण्डेले यस्तो बताएका हुन् ।

नेपालले एमसीसी अनुदान स्वीकार नगरेको भए अहिले श्रीलंका जस्तै आर्थिक संकट भोगिरहेको अवस्थामा हुने उनको भनाइ छ ।'हाम्रो आर्थिक परिदृश्य कहीँ न कहीँ एमसीसीसँग जोडिएको छ । एमसीसी फेल भएको भए हामी श्रीलंकाभन्दा चरम संकटमा जान्थ्यौं,' पाण्डेले भने ।

आफ्नो दल नेकपा एमाले प्रतिपक्षी भएकाले एमसीसी पास गर्ने बेलामा केही नबोलेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077