Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यदि प्रचण्ड भन्ने मान्छे कम्युनिस्ट हुन् भने म कम्युनिस्ट होइन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड कम्युनिस्ट हुन् भने आफू कम्युनिस्ट नभएको बताएका छन् ।

सोमबार प्रोगेसिभ इन्जिनियरिङ एशोसिएसनको कार्यक्रममा बोल्दै मानिसहरुले नबुझेर वामपन्थी भन्दा प्रचण्ड सम्झिने गरेको भन्दै उनले ‘नबुझेर मान्छेले के भनिदिन्छ भने म त वामपन्थी त हुन सक्दिन । के पनि भयो भने वामपन्थी भन्यो भने मान्छेले प्रचण्ड सम्झिन्छ, अनि कसरी हुन्छ ?’ भनेका छन् ।

उनले अघि भने, ‘मैले एक पटक भनेको थिएँ भने यदि प्रचण्ड भन्ने मान्छे कम्युनिस्ट हुन् भने म कम्युनिस्ट होइन । म कम्युनिस्ट हुँदा प्रचण्ड कम्युनिस्ट हुनै सक्दैनन् ।’

प्रचण्डको आलोचना गर्दै उनले भनेका छन्, ‘उहाँ अकारण देशमा द्वन्द्व मच्चाउनुहुन्छ, म शान्तिको पक्षमा हुन्छु । उहाँ जातजातमा भिडाउन खोज्नुहुन्छ, म मिलाउन खोज्छु । उहाँ मधेस र पहाडलाई भिडाउन खोज्नुहुन्छ, म शान्ति कायम गरेर मेलमिलाप गरेर अगाडि बढाउनुपर्छ भन्छु ।कसरी हुन्छ ?'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077