Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतपत्र छपाइको काम आजबाट सुरु

काठमाडौं । निर्वाचन आयोगले मतपत्र छपाइको काम आजबाट सुरु हुने बताएको छ ।

नियमित पत्रकार भेटघाट कार्यक्रममा क्रममा सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म १ लाख ८० हजार नमूना मतपत्र छापिइसकेको बताए ।

उनले सोमबारबाट सक्कली मतपत्रको छपाइ कार्य सुरु हुने बताएका हुन् ।

प्रवक्ता पौडेलले गृहमन्त्रालयले एकीकृत सुरक्षा योजनाको विषयमा आयोगलाई जानकारी गराइसकेको भन्दै त्यसप्रति आयोग गम्भीर भएर लाग्नेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077