Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोदीले भने–पञ्चेश्वरलाई तीव्र गतिमा अगाडि बढाउन सहमत भयौं

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाउन नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग सहमति भएको बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा भएको भेटवार्ता सहमति भएको मोदीले बताएका हुन् । देउवा र मोदीबीचको भेटवार्तापछि प्रतिनिधिमण्डल स्तरमा छलफल हुनुका साथै चार समझदारीमा हस्ताक्षर भएको छ ।

त्यसपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले नेपालका प्रधानमन्त्री देउवा र आफ्नो बीचमा आपसी सहयोग, विकास परियोजनाहरुको अहिलेसम्मको समीक्षा र भविष्यको रुपरेखाबारे पनि छलफल भएको बताए ।

उनले भने–‘पावर सेक्टरमा सहयोगको अवसरको लाभ लिनुपर्छ भन्नेमा हामी सहमत भएका छौं । पञ्चेश्वर तीव्र गतिमा अगाडि बढाउन जोड दियौं । यो क्षेत्रको विकासका लागि गेम चेन्जर परियोजना हुनेछ ।’

उनका अनुसार नेपालको जलविद्युत क्षेत्रमा भारतीय कम्पनीको अधिक सहभागिताका लागि सहमति भएको छ । अहिले पनि नेपालले भारतमा विद्युत निर्यात गरिरहेको भन्दै उनले भने–‘नेपालबाट पावर ल्याउने अरु प्रोग्रामलाई स्वीकार गर्दैछौं ।’

प्रधानमन्त्री देउवा र आफूले व्यापार र सबै प्रकारका क्रस बोर्ड कनेक्टिभिटीलाई प्रथमिकता दिने सहमति गरेको उनले बताए । उनले भने–‘ओपन बोर्डरको दुरुपयोग नहोस् भनेर छलफल गरौं । सुरक्षा सहयोगमा जोड दिएका छौं ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077