Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री मोदीले भने - नेपाल र भारतबीचको सम्बन्धको  उदाहरण विश्वमा कतै देखिँदैन

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको मित्रता र जनताको आपसी सम्बन्धको  उदाहरण विश्वमा कतै नदेखिने उल्लेख गरेका छन्।

उनले सामाजिक सन्जाल ट्विटरमा लेख्दै भनेका छन् , 'हाम्रो सभ्यता, हाम्रो संस्कृति, हाम्रो आदानप्रदानका सूत्रहरू प्राचीन कालदेखि नै जोडिएका छन्।

परापूर्वकालदेखि हामी एकअर्काको सुख–दुःखका साथी हौँ ।'  भारत भ्रमणमा रहेका 'प्रधानमन्त्री शेरबहादुर देउवाले आजा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए।  प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले द्विपक्षीय सबन्धलाई अझ सुदृढ गर्न वाचा व्यक्त गरेका छन् ।

नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको द्विपक्षीय भेटवार्तामा शनिबार दुई प्रधानमन्त्रीले दुई देशका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने उल्लेख गरेका हुन् ।

https://mobile.twitter.com/PMOIndia

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077