Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न हैदराबाद हाउसमा पुगे देउवा

काठमाडौ. । प्रधानमन्त्री शेरबहादुर देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न हैदरावाद हाउसमा पुगेका छन् ।

तीनदिने भ्रमणका क्रममा शुक्रबार भारत गएका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीसँगको भेटवार्ताका हैदराबाद हाउसमा पुगेका हुन् ।

हैदराबाद हाउसमा देउवा र मोदीबीच एक्लाएक्लै तथा द्विपक्षीय वार्ता हुनेछ। त्यसपछि संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाको भारत भ्रमणमा जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुँदैछ। शनिबार हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा स्विच थिचेर रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम छ।

त्यस्तै, नेपालमा भारतीय सहयोगमा निर्मित १ सय ३० भन्दा बढी स्वास्थ्यचौकीको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले भनेजस्तै ऊर्जा कृषि स्वास्थ्य र यातायात क्षेत्रमा छलफल गर्न विभागीय मन्त्रीहरू भ्रमण टोलीमा समावेश छन् ।

पाँचौं पटकको प्रधानमन्त्रित्वकालमा देउवाको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077