Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री मोदी र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच भेटवार्ता

एजेन्सी । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारत पुगेका रुसी विदेशमन्त्री लाभरोभले शुक्रबार बेलुका मोदीसँग भेट गरेका हुन् ।

भारतले युक्रेनमाथि रुसले गरेको आक्रमणको हालसम्म विरोध गरेको छैन । जसले गर्दा भारतमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ।

यहीबीच रुसको पक्षमा समर्थन जुटाउन रुसी विदेशमन्त्री भारत पुगेका हुन् । संयुक्त राष्ट्रसंघमा युक्रेनमाथि रुसी आक्रमणको विरोधका लागि पटक–पटक पेश गरिएका प्रस्तावको मतदानमा भारत अनुपस्थित रहँदै आफू ‘तटस्थ’ रहेको दाबी गरेको छ।

तर उसले अहिलेसम्म युक्रेनमाथि रुसी आक्रमणको निन्दा गरेको छैन र त्यसलाई औपचारिक रुपमा ‘आक्रमण’ समेत भनेको छैन।

प्रधानमन्त्री मोदीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भेटमा रुसी विदेशमन्त्री लाभरोभले युक्रेनमा हालको अवस्था र शान्ति वार्ताबारे ब्रिफिङ गरेको उल्लेख छ।

मोदीले लाभरोभसँग हिंसा अन्त्यका लागि आग्रह गरेको पनि वक्तव्यमा जनाइएको छ। रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077