Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, एआईजी नियुक्तिको तयारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी छ । विहीबार विहान ८ः३० बजेबाट मन्त्रिपरिषद बैठक बसेको हो ।

स्थानीय चुनाव नजिकिएकाले चुनाव केन्द्रीत केही निर्णय हुन सक्ने सम्भावना छ । आजको बैठकले प्रहरीमा थप गरिएका एआईजीमा बढुवाको निर्णय गर्न सक्ने जनाइएको छ ।

लोकसेवा आयोगले बुधबार मात्रै नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्न गरेको सिफारिसलाई सदर गरेको थियो ।

यस्तै आजै सत्तागठबधनको बैठक समेत बस्दैछ । आजै विहान साढे १० बजे सत्ता गठबन्धनको बैठक बोलाएका प्रधानमन्त्री शेरबहादुर देउवा त्यसअघि मन्त्रिपरिषद बैठक राखेका हुन् ।

प्रधानमन्त्री देउवा भोलि छिमेकी मुलुक भारतको दुई दिने भ्रमणमा निस्किँदै छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077