Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेले माग्यो मुख्यमन्त्री केसीको राजीनामा

काठमाडौं ।  नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा मागेको हो ।

कांग्रेस, जनता समाजवादी दल लगायतको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता केसीले मुख्यमन्त्री बनेयता लगातार विवादास्पद काम गर्नुका साथै संघीयता शासन प्रणालीप्रति वितृष्णा बढाउने एमालेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077