Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिरक डसना उद्याेगमा आगलागी

अर्घाखाँची । अर्घाखाँचीकाे एक सिरक डसना उद्याेगमा लागेकाे आगाे नियन्त्रणमा आएकाे छ ।

सन्धिखर्क नगरपालिका-१ मा रहेकाे विस्मिल्ला सिरक डसना उद्याेगमा लागेकाे आगाे नियन्त्रणमा आएकाे हाे ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे प्रहरी, स्थानियवासी तथा सन्धिखर्क नगरपालिकाकाे दमकलकाे सहयाेगमा आगाे नियन्त्रणमा आएकाे हाे ।

उद्याेगमा कपडा फिट्ने मेसिन तातेर आगाे लागेकाे हुन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख अमर थापाले जानकारी दिए ।

आगलागीका कारण दुई मेसिनसहित केही सिरक डसना जलेकाे थापाले जानकारी दिए । यद्यपि, आगाे पूर्णरुपमा नियन्त्रणमा आइसकेकाे थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077