Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्थानीय तह निर्वाचनमा भाग नलिने विप्लव नेकपाको निर्णय

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आउँदो ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा भाग नलिने भएको छ ।

कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय कमिटी बैठकमा चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्तावमाथि छलफल भएपछि सो पार्टी यस्तो निर्णयमा पुगेको हो ।

महासचिव विप्लवको उक्त प्रस्तावमाथि छलफल हुँदा तत्काल पार्टी नै संस्थागत रूपमा चुनावमा नजाने निर्णयसहित विप्लवको प्रस्ताव परिमार्जन गर्दै अनुमोदन गरिएको स्रोतले बताएको छ ।

एक नेताले भने, ‘पार्टी निर्वाचन आयोगमा दर्ता गरेर तत्काल स्थानीय चुनावमा नजाने भन्ने छ, हामी चुनावको विरोधी पनि होइनौं । त्यसैले एजेण्डा मिल्नेहरूलाई समर्थन गर्न पनि खुला नै छाडेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077