Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दयपुरमा आगलागीबाट एक जनाको मृत्यु, ७ घर जलेर नष्ट

काठमाडौं । उदयपुरमा आगलागीमा हुँदा एक जनाको मृत्यु भएको छ । भने ७ घर जलेर नष्ट भएका छन् ।

आइतवार साँझ भएको आगलागीमा उदयपुरगढी गाउँपालिका– १ शिखरपुरमा घरमा आगो लाग्दा स्थानीय ६८ वर्षीया शिवमाया मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागी स्थानीय ओमबहादुर मगरको घरबाट शुरू भएको थियो भने नजिकका अन्य ६ घर पनि जलेका छन् ।

आगलागीबाट भैरबबहादुर ग्राङ्जा मगर, पदमबहादुर ग्राङ्जा मगर, यम्बरबहादुर ग्राङ्जा मगर, दिपबहादुर ग्राङ्जा मगर, धनमाया ग्राङ्जा मगर, शेरबहादुर ग्राङ्जा मगर र ओमबहादुर ग्राङ्जा मगरको घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

आगलागीमा दर्जनौँ पशु चौपाया पनि जलेर मरेका छन्। आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077