Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाहीमा आगलागीबाट १४ घर जलेर नष्ट

काठमाडौ. । सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवामा आगलागी भएको छ । स्थानीय प्रदीप पासवानको घरबाट सुरु भएको आगोले १४ घरमा क्षति गरेको हो ।

आगोले घरसहित खाद्यान्न, लत्ताकपडा नष्ट भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले जानकारी दिए ।

दिउँसो एक बजेदेखि सुरु भएको आगो प्रहरी, स्थानीय बासिन्दा र हरिवन नगरपालिकाको दमकलको सहायतामा तीन घण्टापछि त्रियन्त्रणमा लिइएको थियो ।

प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान लगायतको घर जलेको र क्षतिको विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीको यकिन कारण नखुले पनि खाना पकाउन बालेको आगो घरमा सल्किएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077