Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मधेस प्रदेशसभाको बैठक चौथोपटक स्थगन

    मधेस प्रदेशसभाको बैठक चौथोपटक स्थगन

    अनलाइन नेपाल
  • बुधबार, ९ चैत्र २०७८
  • 2.2K
    SHARES

    फाइल तस्विर

    जनकपुर । मधेस प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ ।

    प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराएका छन् । प्रदेशसभाको बैठक चौथोपटक स्थगन भएको हो ।



    अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको थियो ।



    फागुन १ गते, १० गते र २२ गतेका लागि बोलाइएको बैठक स्थगन गरिएको थियो । फागुन १ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम आएका कारण स्थगन गरिएको थियो ।

    फागुन १० गते बैठकको समयमा सभामुख सरोजकुमार यादव सभामुखहरूको सम्मेलनमा पोखरा गएका कारण, फागुन २२ गते नेपाली कांग्रेसको अधिवेशन र गण्डकी प्रदेशका मुख्यमन्त्रीको मधेस प्रदेशको भ्रमणका कारण स्थगन गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार