Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारत र जापानका प्रधानमन्त्रीबीच नयाँ दिल्लीमा भेटवार्ता

एजेन्सी । भारत र जापानका प्रधानमन्त्रीबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानी प्रधानमन्त्री फुमियो किशिदाबीच दिल्लीको हैदराबाद हाउसमा भेटवार्ता भएको हो । दुई देशबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध र सहकार्य थप बढाउन यो भेटवार्ता उपलब्धिमूलक भएको भारतीय प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

भेटमा युक्रेनमाथि रूसले गरेको आक्रमण, युक्रेनमा उत्पन्न सङ्कट र दुई देशको युद्धका कारण विश्वबजारमा परेको प्रभावबारे पनि कुराकानी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पश्चिमी देशले रुसमाथि प्रतिबन्ध लगाएका बेला जापानका प्रधानमन्त्री किशिदाको भारत भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077