Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आचारसंहिताप्रति एमालेका नेताहरूको आपत्ति, 'प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन ?'

काठमाडों । आगामी वैशाखमा हुने स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने व्यवस्थाप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार राजपत्रमा प्रकाशित भएको निर्वाचन आचारसंहिता २०७९ प्रति नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले शुक्रबार बिहानै असन्तुष्टि व्यक्त गरेका हुन् । निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहितामा जनप्रतिनिधिहरू उम्मेदवार हुने भए मनोनयन दर्ताअघि नै राजनीनामा दिनुपर्ने उल्लेख छ । उपमहासचिव रिमालले प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु नपर्ने भन्दै स्थानीय तहका पालिका अध्यक्ष वा मेयरले पनि पद खाली गर्न नहुने तर्क गरेका छन् । उनले भनेका छन्-'प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन। स्थानीय तहका "प्रधामन्त्री"-पालिका अध्यक्ष वा मेयर चाहिँ पद खाली गरि चुनावमा जानू अघि जनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नुपर्ने किन? निर्वाचनमा जादा पद्को दुरुपयोग नहोस् सोच्नु पर्ला तर यसलाई देखाएर काम नै रोक्नु कसरी ठिक हुन्छ?'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077