Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्थानीय तह निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित, सामाजिक सञ्जालमा समेत निगरानी

काठमाडौं । निर्वाचन आयोगले जारी गरेको स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ । आज प्रकाशित भएको उक्त आचारसंहिता आयोगले तोकेको मितिबाट मात्र कार्यान्वयनमा जानेछ ।

यो आचारसंहिता सरकारी अधिकारीदेखि मतदातासम्मलाई लागू हुनेछ । आचारसंहितामा राजनीतिक दल, उम्मेदवार, नेता–कार्यकर्ता, सरकारी कर्मचारी, प्रहरी, पत्रकार, सञ्चारमाध्यम, संवैधानिक निकाय, सरकारी/गैरसरकारी संस्था, मतदाता, पर्यवेक्षकलगायतले पालना गर्नुपर्ने प्रावधान उल्लेख छन् ।

आचारसंहिताअनुसार अहिले स्थानीय तहको जनप्रतिनिधि रहेका व्यक्तिले फेरि उम्मेदवार बन्नका लागि मनोनयन दर्ता गर्नुअघि नै राजीनामा दिनुपर्ने उल्लेख छ ।

पदमा रहेकै बेला उम्मेदवार बन्दा पदीय अनियमितता हुन सक्ने भएकाले जनप्रतिनिधिले राजीनामा दिएर मात्रै फेरि उम्मेदवारी दिन पाउने आचारसंहितामा उल्लेख छ ।

यस पटकको आचारसंहितामा निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत हुने विकृति रोक्न धेरै प्रावधान उल्लेख गरेको छ ।

फेसबुक, ट्विटर, भाइबर, ह्वाट्सएप, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न नपाइने र चुनावमा प्रभाव पार्ने उद्देश्यले झुटा साइट र पेज चलाउन नपाइने विषय आचारसंहितमा उल्लेख छ ।

यस्तो छ आचारसंहिता :

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077