Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले ससंदीय दलको बैठक बोलाएको छ । आज दिउँसो ३ बजे दलको बैठक नयाँबानेश्वरमा बस्न लागेको हो ।

सरकारले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको भोलिपल्ट एमालेले बैठक आह्वान गरेको छ । आजको बैठकमा सरकारको पछिल्लो कदमलगायतका विषयमा छलफल गर्नेछ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यस लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै संसदका चालू अधिवेशन अन्तयको घोषणा गरेकी थिइन् ।

एमालेले गत भदौ २३ देखि नै संसद अवरुद्ध र नाराबाजी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077