Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साउदी अरबका विदेशमन्त्री काठमाडौंमा, प्रधानमन्त्री र राष्ट्रपतिलाई मंगलबार भेट्ने

काठमाडौं । साउदी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फहरान अल साउद काठमाडौं पुगेका छन् । विदेश मन्त्री साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा काठमाडौं आएका हुन् । सोमबार साँझ चार्टर्ड जहाजमा साउद काठमाडौं आएका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र नेपालका रहेको साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

भ्रमणका क्रममा साउदी अरबका विदेश मन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्ला बेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । भोलि मङ्गलवार परराष्ट्र मन्त्री डा. नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग भेटवार्ता गर्ने छन् ।

भेटवार्तापछि दुवै देशका परराष्ट्र मन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको छ । यस्तै परराष्ट्र मन्त्री डा. नारायण खड्का र उनीबीच पनि भेट हुनेछ । परराष्ट्र मन्त्री खड्काले साउदी अरेबियाका विदेश मन्त्रीको सम्मानमा दिवाभोजको आयोजना गर्ने छन् । भोलि दिउँसो उनी स्वदेश फर्कने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077