Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सिरहामा कार दुर्घटना एक युवकको मृत्यु, तीन जना घाइते

    सिरहामा कार दुर्घटना एक युवकको मृत्यु, तीन जना घाइते

    अनलाइन नेपाल
  • सोमबार, ३० फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    सिरहा । सिरहामा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

    नरहा गाँउपालिका–३ खोरियाटोलमा आइतबार राति कार दुर्घटना हुँदा धनुषा कमला नगरपालिका–१ का २२ वर्षीय धीरज मण्डल रहेको ज्यान गएको प्रहरीले जनाएको छ।



    घाइते हुनेहरुमा धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाउँका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन कुमार मण्डल रहेका छन् ।घाइते मध्ये शुभलालको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारको लागि बिराटनगर तर्फ पठाइएको छ । अन्य दुईजनाको स्थानीय स्तरमै उपचार भइरहेको छ ।



    आइतबार राति पौने ११ बजे भारतीय नम्बरको कार अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटना लगतै कार चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाले जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार