Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाराक ओबामालाई कोरोना संक्रमण पुष्टि, मोदीले गरे शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ओबामाले सामाजिक सञ्जाल ट्वीटरमा ट्विट गर्दै आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । ‘मेरो कोभिड परीक्षण पोजेटिभ आएको छ । केही दिनदेखि मेरो घाँटी दुखेको थियो तर म ठीक महसुस गर्दैछु,'ओबामाले ट्विट गर्दै भनेका छन्, 'मिशेल र म खोप र बूस्टरको लागि कृतज्ञ छौं र मिशेलको परीक्षण नकारात्मक आयो । यदि तपाईंले खोप लगाउनुभएको छैन भने लगाउनुहोस्।' ट्वीटपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओबामाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । "कोभिड-१९ बाट शीघ्र स्वास्थ्य लाभको कामना र तपाईंको परिवारको सुस्वास्थ्य र सुस्वास्थ्यको कामना।" मोदीले ट्वीट गर्दै भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077