Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री देउवाले संसदकाे नियमावली र संविधान मिचेको भीम रावलको आरोप

काठमाडौँ । नेकपा एमालेका सांसद डा भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदकाे नियमावली र संविधान मिचेको आरोप लगाएका छन्।

नेता रावलले आइतबार राति ग्यालेक्सी फोरकेबाट प्रसारित जीबेट कार्यक्रममा प्रस्तोता निमेश बन्जाडेसँगको कुराकानीमा यस्तो आरोप लगाएका हुन्।

कांग्रेस सभापति समेत रहेका देउवाले पार्टी र व्यक्तिको स्वार्थमा एमसीसी अनुमोदन गरेको रावलको आरोप छ।

'प्रधानमन्त्री देउवाले संसदकाे नियमावली र संविधान मिचेका छन्,' रावलले भनेका छन्, 'उहाँले पार्टी र व्यक्तिकाे स्वार्थमा एमसीसीका राष्ट्रहितविरूद्धका प्रावधानकाे समर्थन गर्नु अनुिचत हुन्छ'

यस्तै, पार्टीमा तपाईलाई कारवाही गर्नुपर्छ भन्ने आवाज उठेको छ नि भन्ने बन्जाडेको अर्को प्रश्नमा रावलले आफूले जनता र देशको हितमा बोलेको दावी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077