Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री खाँण र प्रकाण्डबीच भटवार्ता, तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा भएको भेटवार्तामा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा महासचिव विप्लवसहित भएको वार्तामा उठेका विषयवस्तुको कार्यान्वयन पक्षबारे छलफल भएको थियो ।

छलफल सकारात्मक रहेको दुवै पक्षले जनाएका छन् ।

भेटमा गृहमन्त्री खाँणले विप्लव नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारले पहल गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077