Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रधानमन्त्री देउवालाई भेटेर विप्लवले भने–तीन बुदेँ सहमति कार्यान्वयन हुनुपर्यो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । प्रधामन्त्री देउवालाई भेट्न विप्लव आज विहान प्रधानमन्त्री निवास वालुवाटार पुगेका हुन् ।

भेटका क्रममा विप्लवले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुदेँ सहमति कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर पार्टीका महासचिव विप्लवसहितका नेताले प्रधानमन्त्री शेरबहादुर देउवासँग यस्तो माग गरेका हुन् ।

पार्टी महासचिवका विप्लवले तीन बुदे सहमति कार्यान्वयनमा तिव्रता ल्याइदिन पर्यो भन्दै प्रधानमन्त्रीलाई आग्रह गरेपछि देउवाले पनि सरकार नेकपासँग गरेको तीन वुदेँ सहमति कार्यान्वयनमा प्रतिवद्ध रहेको बताए । प्रधानमन्त्री देउवालाई उद्दृत गर्दै बालुवाटार स्रोतले भन्यो–‘सरकार तीन वुदेँ सहमति कार्यान्वयन गर्न प्रतिवद्ध छ, तर तपाइहरुका विरोधका कार्यक्रम शान्तिपूर्ण गरिदिन पर्यो ।’

छलफलपछि नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुदेँ सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताए ।

प्रधानमन्त्री देउवाले ओली सरकारले कार्यान्वयन नगरेको तीन बुदेँ सहमति अहिलेको सरकारले पूरा गर्ने प्रतिवद्धता जनाएको पनि उनले बताए ।

छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्र प्रसाद बडू, गृहसचिव टेकनारायण पाण्डे सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077