Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाकिस्तानमा गल्तीले मिसाइल प्रहार भएको भन्दै भारतले माग्यो माफी

एजेन्सी । पाकिस्तानमा बुधबार खसेको एउटा उच्च गतिको मिसाइल गल्तीले प्रहार भएको भारतले स्वीकार गरेको छ।

भारतको रक्षा मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै 'नियमित मर्मतसम्भार क्रममा प्राविधिक समस्याका कारण दुर्घटनावश मिसाइल खसेको' उल्लेख गरेको हो।

पाकिस्तानले उक्त घटनाबारे भारतीय राजदूतसँग सोधपुछ गरेपछि रक्षा मन्त्रालयबाट यस्तो प्रस्टीकरण आएको भारतीय अनलाइन स्क्रोल डटइनले लेखेको छ।

घटनाप्रति माफी माग्दै रक्षा मन्त्रालयले भनेको छ, 'यो दुर्घटनाबाट मानवीय क्षति नभएकाले हामीलाई राहत महसुस भएको छ।' यसबारे उच्चस्तरीय छानबिन गर्न आदेश दिएको पनि मन्त्रालयको विज्ञप्तिमा छ।

यसअघि पाकिस्तानले आफ्नो हवाई क्षेत्रमा एक उच्च गतिको भारतीय मिसाइल प्रवेश गरेको र त्यो मिसाइल खानेवाल जिल्लाको मिया चन्नु सहरनिर खसेको जनाएको थियो। यो मिसाइल भारतको हरियाणास्थित सिर्साबाट प्रहार गरिएको पाकिस्तानको दाबी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077