Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको समस्या समाधान गर्न 'र्यापिड एक्सन टास्क फोर्स' गठन

काठमाडौँ । बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा देखिएका स्थानीय समस्या समाधान गर्ने सन्दर्भमा सरकारले आवश्यक सहजीकरण र समन्वय गर्न स्थानीय जनप्रतिनिधिसमेत रहेको एक उच्चस्तरीय समिति गठन गर्ने भएको छ ।

यसैगरी सरकारले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा तत्काल आइपर्ने समस्या समाधानका लागि सरोकारवालासमेतको सहभागितामा एक द्रुत कार्य टोली (¥यापिड एक्सन टास्कफोर्स) समेत गठन गर्ने भएको हो ।

मन्त्रिपरिषद्को यही फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा देखिएका स्थानीय समस्या समाधान गर्ने सन्दर्भमा विगतमा भएका प्रतिवद्धता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध र क्रियाशील रहेको बताए ।

मन्त्री कार्कीले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहर व्यवस्थापन तथा साइट सञ्चालन गर्दा त्यसबाट हुने वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा मानव जीवन, जीवजन्तु र वनस्पतिमा पर्ने प्रभाव न्यूनीकरण गर्न आवश्यक सबै उपाय अवलम्बन गर्दै फोहरको वैज्ञानिक व्यवस्थापनका लागि सम्बन्धित निकायबाट अविलम्ब आवश्यक कार्य प्रारम्भ गर्न र पहुँच सडकको निर्माण तथा स्तरोन्नति गर्न सम्बद्ध निकायलाई निर्देशन गरिएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077