Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खिमलाल भट्टराई एमालेको राष्ट्रिय सभा संसदीय दलको नेतामा नियुक्त

काठमाडौं । राष्ट्रिय सभा संसदीय दलको एमाले नेतामा खिमलाल भट्टराईलाई नियुक्त गरिएको छ । यसअघिका नेता सुमन प्याकुरेल आफ्नो कार्यकाल सकिएर बिदा भएका छन्।

बिहीवार एमाले अध्यक्ष तथा प्रतिनिधि सभा संसदीय दलका नेता केपी शर्मा ओलीले भट्टराईलाई राष्ट्रिय सभा संसदीय दलको नेतामा चयन गरिएको व्यहोराको पत्र संसद् सचिवालयलाई पठाएका हुन्।

यस्तै, प्रमुख सचेतकमा भने देवन्द्र दाहाललाई नियुक्त गरिएको छ । यसअघि भट्टराई प्रमुख सचेतक थिए ।

राष्ट्रिय सभामा दलको नेता चयन गर्ने अधिकार प्रतिनिधि सभाका संसदीय दलका नेतालाई हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077