Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशभरका सवारीमा जोर-बिजोर लगाउने सरकारको तयारी

काठमाडौं । सरकारले देशको अर्थतन्त्र जटिलतातर्फ अघि बढेको भन्दै पेट्रोलियम पदार्थको खपत घटाउन सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ।

पछिल्लो समय सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन इन्धनमा कोटा तोक्ने, सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्नेदेखि भारतीय सवारीलाई पेटोलियम पदार्थ भर्न नदिनेसम्मको तयारी गरेको स्रोतको भनाइ छ ।

[insert page='119819' display='yopanipadhnuhos.php']

यसअघि बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकले इन्धनको बढ्दो मूल्यका कारण देशको अर्थतन्त्र जटिलता तर्फ अघि बढेको भन्दै सरकारलाई पेट्रोलियम पदार्थको खपत घटाउन निर्देशन दिएको थियो ।

बढ्दो मूल्यकै कारण पेट्रोलियममा दैनिक सवा अर्ब रुपैयाँ बाहिरिन थालेपछि खपत घटाएर अर्थतन्त्र जोगाउन यस्ता निर्देशन दिइएको समितिका सभापति बिमल श्रीवास्तवको भनाइ थियो।

[insert page='118702' display='yopanipadhnuhos.php']

[insert page='102792' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077