Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोदी र पुटिनबीच फोनवार्ता, जेलेन्स्कीसँग सिधा कुरा गर्न पुटिनलाई मोदीको आग्रह

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गरेका छन् ।

वार्ताका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग सिधै वार्ता गर्न सुझाव दिएका हुन् ।

सोमबार भएको पुटिन र मोदीबीच भएको कुराकानीका क्रममा मोदीले पुटिनलाई जेलेन्स्कीसँग सिधा कुरा गरेर समस्या समाधान गर्न सुझाव दिएको बताइएको छ ।

कुराकानीमा पुटिनले मोदीलाई युक्रेन र रुसी पक्षबीचको सम्झौता कुन अवस्थामा छ भन्नेबारे जानकारी दिएका थिए । पुटिनसँग कुरा गर्नुअगाडि मोदीले जेलेन्स्कीसँग पनि फोनवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077