Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारसमक्ष ६ बुँदे माग राख्दै पेट्रोलियम व्यवसायीद्वारा आन्दोलन घोषणा

काठमाडौं । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले चैत ५ गतेबाट आन्दोलन गर्ने चेतावनी दिएको छ ।

नेपाल आयल निगमसमक्ष पुनः ६ बुँदे मागपत्र पेस गर्दै समितिले आफूहरुका मागहरु पूरा नभए आन्दोलनको चेतावनी दिएको हो ।

समितिले पेट्रोलियम ऐन बनाई तत्काल लागू गर्नु पर्ने तथा एलपीजी विनियमावली, विक्रेता विनियमावली तथा दुवानी नियमावली सम्बन्धित व्यवसायीक संस्थाको प्रतिनिधि सहितको सहभागितामा परिमार्जन सहित संशोधन गर्नु पर्ने लगायतका माग राखेको छ ।

सो मागहरु राख्दै नेपाल एलपीग्यास उद्योग संघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन तथा नेपाल पेट्रोलियम दुवानी व्यवसायी महासंघ आवद्ध व्यवसायीहरू सम्मिलित उक्त समितिले आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077