Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रकको ठक्करबाट विद्यालयबाट घर फर्किदै गरेकी किशोरीको मृत्यु

कैलाली । कैलालीमा ट्रकको ठक्करबाट विद्यालयबाट फर्किदै गरेकी एक छात्राको मृत्यु भएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिकास्थित धनगढी–अत्तरिया ६ लेन सडकमा बा २ ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा १६ वर्षीया किशोरी स्वस्तीका कुँवरको मृत्यु भएको हो ।

त्रिभुवन माविमा अध्ययनरत ती किशोरीलाई विद्यालयबाट घर फर्कने क्रममा ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

उनको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी जोशीले बताए । ठक्कर दिने ट्रक र चालक गोदावरी ४ बस्ने गणेश लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077