Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमसीसी अनुमोदनपछि 'फायर' भएका भीम रावललाई भेट्न टोखा पुगे विप्लव र प्रकाण्ड

काठमाडौँ । नेकपा एमालेका नेता डा भीम रावल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो रावललाई भेट्न विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'लाई लिएर रावल निवास टोखा पुगेका थिए । विप्लवसँगको भेटवार्ताबारे जानकारी दिँदै रावलले सामाजिक सञ्जालमा लेखेका छन् ,'आज नेकपाका महासचिव नेत्र विक्रम चन्द 'विप्लव' र नेता खड्ग विश्वकर्मासंग मेरो घरमा भेटवार्ता भयो ।' विप्लवसँगको भेटमा राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउनेलगायत छलफल भएको रावलको भनाइ छ। 'उहाँहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिनुभयो,' रावलले ट्विटरमा लेखेका छन्, ' देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो।' पछिल्लो समय विप्लवले एमसीसीमा असन्तुष्ट रहँदै आएका नेताहरुसँग भेटवार्ता गरिरहेका छन्। बिप्लवले रावललाई भेट्नुअघि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेपाल मजदूर किसान पार्टीका अद्यक्ष नारायणमान बिजुक्छेलगायतका नेताहरुलाई भेट गरेका थिए। एमसीसी संशोधनविना अनुमोदन गर्न नहुने, एमसीसीलाई राष्ट्रघाती बताउँदै आएका नेताहरु र एमसीसीबाट आउने अनुदान नै ल्याउन नहुने धारणा राख्दै आएका विप्लवबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077