Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीलाई रावलले दिए काउन्टर जवाफ, 'तपाई महाहिरो बन्नुस् म खुशी हुन्छु'

काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य डा. भीम रावलले आफू पार्टी सिद्धान्तअनुरूप नै उभिएको भन्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिएका छन्। मंगलबार एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गर्न एमालेले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भीम रावल पार्टीको नियम विपरित हिँडेको र उनी हिरो बन्न खोजेको बताएका थिए। जवाफमा रावलले संसदमा छलफलमा सहभागी हुन नदिनु आत्मकेन्द्रित, आत्मप्रचारक सोच र पार्टीको सिद्धान्त र नीतिविपरीत भएको उल्लेख गरेका छन्। आफूले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोलेको रावलको जिकिर छ। यस्तै रावलले आफू हिरो हुन नखोजेको भन्दै ओलीलाई महाहिरो बन्न चुनौती समेत दिएका छन्। त्यसका लागि देश र जताको पक्षमा बोल्नुपर्ने रावलको भनाइ छ। 'मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुनेथिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया ।' रावलले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077