Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वैदेशिक सम्बन्धलाई सत्ताको भर्‍याङ नबनाऔं: राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले एमसीसी सम्झौतालाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा आइतबारबाट सुरू भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद लिङ्देनले वैदेशिक सम्बन्धलाई सत्ताको भर्‍याङ बनाउन नहुने बताए।

सदनमा एमसीसी सम्झौताको बुँदा बुँदामा छलफल गर्नुपर्ने वातावरण बनाउनुपर्ने जोड दिँदै अध्यक्ष लिङदेनले सदनमा भइरहेको अवरोध पनि अन्त्य गर्नुपर्ने बताए ।

एमसीसी सम्झौताका विषयमा जनतामा भएका त्रास र आशंकालाई मेटाउनु पर्ने अध्यक्ष लिङ्देनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077