Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाहीमा विद्युत सर्ट भएर क्रसर उद्योगमा आगलागी, लाखौँको क्षति

सर्लाही  । सर्लाहीमा विद्युत सर्ट भएर क्रसर उद्योगमा आगलागी हुदाँ लाखौँ मुल्य बराबरको क्षति भएको छ ।

जिल्लाको हरिपुर नगरपालिका वडा नम्वर ८ जगतपुरस्थित क्रसर उद्योगमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको जिल्ल प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बिहीबार राति सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा विद्युत् सर्ट भई आगलागी हुँदा अलकत्रा मिसाउने मेसिन जल्दा २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको सर्लाही प्रहरीका प्रवक्ता कृष्ण गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077