Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

महाकाली तरेर भारतीय सेना बिनाअनुमति नेपाल प्रवेश

दार्चुला । दार्चुलामा भारतीय सेना अनुमतिबिना नै नेपाल प्रवेश गरेको छ । बुधबार भारतीय प्यारामिलिट्री फोर्सअन्तर्गतको गोर्खा रेजिमेन्ट सेनाका जवान महाकालीमा पौडी खेलेर नेपालतर्फ आएका हुन् ।

जिल्लाको महाकाली नगरपालिका–४ मा महाकालीमा पौडी खेल्दै ढुंगामा डोरी बाँध्न रेजिमेन्टका जवान नेपाल प्रवेश गरेका थिए । उनीहरु नदीमा रेस्क्यु ट्रेनिङ गर्न पौडी खेलेर नेपालतर्फ आएको बुझिएको छ ।

उनीहरुले तालिमका लागि डोरी बाँध्न लाग्दा नेपाल प्रहरीले देखेको र नेपालतर्फ बाँधेको डोरी फुकाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

त्यसपछि उनीहरुलाई भारततर्फ पठाइएको दार्चुला प्रहरीका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए । महाकाली अन्तर्राष्ट्रिय सीमा नदी भएकोले नेपाल प्रवेश गर्न अनुमति लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077