Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्थानीय तहलाई आयोगले भन्यो-'हराएको मतदाता परिचयपत्रको सिफारिशमा शुल्क नलिनु'

काठमाडौं । निर्वाचन आयोगले हराएको वा नष्ट भएको मतदाता परिचय पत्र बनाउनका लागि सिफारिश दिँदा स्थानीय तहलाई शुल्क नलिन निर्देशन दिएको छ ।

मतदाता परिचयपत्र सिफारिसका लागि कतिपय स्थानीय तहले दस्तुरसमेत लिएको भन्ने जानकारीमा आएको भन्दै आयोगले त्यस्तो परिचयपत्रका लागि कुनै शुल्क नलाग्ने प्रस्ट पारेको हो ।

आयोगको मंगलबार बसेको बैठकले हराएका वा नष्ट भएका परिचय पुनः बनाउने प्रयोजनका लागि निशुल्क सिफारिश गर्न परिपत्र गर्ने निर्णय भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

वडा कार्यालयको सिफारिश सहित सम्बन्धित मतदाता स्वयम् उपस्थित भइ निवेदन दिएमा वा वडा कार्यालयको सिफारिश सहित इमेल वा फ्याक्स वा अन्य विधि मार्फत समेत प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालयमा निवेदन पठाएमा त्यसरी आएको निवेदन समेत दर्ता गरी प्रक्रिया अगाडि बढाउन समेत आयोगले निर्देशन दिएको छ ।

हेर्नुहोस् प्रेस विज्ञप्ति :

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077