जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय जनकपुरधाम अगाडि सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
जनमतका कार्यकर्ताहरुले संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकार विरुद्ध नाराबाजी गर्दै विरोध ¥याली निकालेका हुन् ।
किसानहरुको समस्यालाई सम्बोधन गर्न विभिन्न ११ बुँदे मागसहित विगत करिव दुई महिनादेखि जनमत पार्टीका कार्यकर्ताहरुले आन्दोलन गर्दै आएका छन् ।
आज (मंगलवार) जनमतका कार्यकर्ताहरुले विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर नाराबाजी गरेका थिए । उनीहरुले जिल्ला निर्वाचन कार्यालय समेत घेराउ गरेका छन् ।
तिनीहरुले निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका हुन् ।
जनमत पार्टीको धनुषा जिल्ला संयोजक ओमविक्रम कुशवाहाले किसानका माग पूरा नभए निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् ।
Leave a Reply