Online Nepal
  • बिहिबार, १५ कार्तिक २०८१
  • मतदाता परिचयपत्र हराएको भए फागुन २० गतेभित्र निवेदन दिन आयोगको आग्रह

    मतदाता परिचयपत्र हराएको भए फागुन २० गतेभित्र निवेदन दिन आयोगको आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, १० फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएका मतदातालाई प्रतिलिपि दिने भएको छ ।

    मतदाता परिचयपत्र हराएका व्यक्तिले २० फागुनभित्र विवरणसहित वडा कार्यालयबाट सिफारिस गराएर निवेदन दिए प्रतिलिपि दिनेगरी व्यवस्था गरिएको आयोगले जनाएको छ ।



    आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता परिचयपत्र हराएका व्यक्तिले प्रतिलिपिका लागि सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने जानकारी दिए ।



    मतदाता परिचयपत्र हराएको, नासिएको वा अन्य कुनै तवरले आफूसँग नरहेको अवस्थामा मतदाताले आफ्नो वडा कार्यालयको सिफारिससहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार