Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुशल र दीपेन्द्रको कीर्तिमानमा फिलिपिन्सलाई २१९ रनको विशाल लक्ष्य

काठमाडौँ । युवा ओपनर कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरीको कीर्तिमानी साझेदारीको मद्धतमा नेपालले जितका लागि फिलिपिन्सलाई २१९ रनको लक्ष्य दिएको छ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर पहिले ब्याटिङ् गरेको नेपालले विकेटको क्षतिमा ३ विकेटको क्षतिमा २१८ रन जोड्यो। नेपाललाई बिशाल योगफलतर्फ लैजान नेपालका लागि ओपनर भुर्तेलले आफ्नो करियरकै पहिलो कीर्तिमानी शतक बनाए।

भुर्तेल ६१ बलमा १३ चौका र एक छक्काको मद्धतमा १०४ रनमा नट आउट रहे भने अर्का खेलाडी दिपेन्द्रसिंह ऐरीले ८३ रनको महत्वपूर्ण पारी खेले ।

खेलको सुरुमै अर्का ओपनर आशिफ शेखलाई गुमाएको नेपालले कुशल मल्ललाई पनि व्यक्तिगत १२ रनमा गुमाएको थियो।

यसअघि हिजो भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको थियो। आजको खेलमा जित हाँसिल गरेमा नेपालले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ।

अबको केही बेरमा २१९ रनको बिजयी लक्ष्यसहित फिलिपिन्स मैदानमा उत्रदै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077